
विराटनगर, २ साउन । नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी असोजमा हुने भएको छ ।
हिजो सोमबार विराटनगरस्थित प्रदेश पार्टी कार्यालयमा बसेको बैठकले प्रथम अधिवेशन असोज १२ र १३ गते गर्ने निर्णय गरेको हो ।
एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज रघुवीर महासेठ, उपलब्ध स्थायी कमिटी सदस्य र प्रदेश कार्यालयको कैठकले असोज १२ र १३ गते विराटनगरमा प्रथम अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको प्रदेशका सचिव चिन्तन पाठकले जानकारी दिए ।
उनका अनुसार अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।
प्रदेशको अधिवेशन सम्पन्न गर्नका लागि साउन ११ गते बस्ने कार्यालयको बैठक बसेर विभिन्न उपसमिती गठन गर्ने निर्णय भएको छ । यस्तै प्रदेशसभा सदस्यमा निर्वाचित भएकाहरुलाई प्रतिमहिनाको दुई हजार रुपैयाँका दर लेवी बुझाउन एमालेले जिल्ला कमिटीलाई पत्राचार गरेको छ ।
बैठकले लामो समय पार्टीमा सक्रिय रहेका तर जिम्मेवारीमा नरहेका पाँच जनालाई प्रदेश कमिटीमा मनोनयन गरेको छ । मोरङका भुराज राई, इलामका सकुन्तला लेप्चा, इलामकै टीका घिमिरे, झापाका सुशील राई र सुनसरीका उमेश थापालाई प्रदेश कमिटीमा मनोनयन गरिएको हो ।















प्रतिक्रिया