
काठमाडौं, १ साउन । सशस्त्र प्रहरी बल नेपालले आर्थिक वर्ष २०७९/०८० मा चोरीपैठारीका सामान नियन्त्रणमा लिई १ अर्ब २६ करोड ४४ लाख २४ हजार ३७० रुपैयाँ बराबरको भन्सार दाखिला गरेको छ ।
आर्थिक वर्ष २०७८/०७९ को भन्दा यस आर्थिक वर्षमा करीव २७ प्रतिशत बढि दाखिला भएको हो । सो अवधिभर सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटहरुले साउन महिनामा ९ करोड ७९ लाख ३ हजार ३ सय ३४ रुपैयाँ, भाद्र महिनामा ११ करोड २५ लाख ११ हजार ७ सय २० रुपैयाँ, असोज महिनामा ८ करोड, ७४ लाख ९४ हजार ६ सय ८३ रुपैयाँ, कार्तिक महिनामा ६ करोेड ९१ लाख ५८ हजार ५ सय ९ रुपैयाँ बराबरको मालसामान बरामद गरेका थिए ।
त्यस्तै, मंसिर महिनामा ८ करोड ४८ लाख ५१ हजार ३ सय ५३ रुपैयाँ, पौष महिनामा १७ करोड ५८ लाख ५० हजार २ सय ८३ रुपैयाँ, माघ महिनामा ८ करोड १९ लाख ९६ हजार ७ सय ५३ रुपैयाँ, फागुन महिनामा ८ करोड ७९ लाख ६० हजार १ सय ६५ रुपैयाँ बराबरको भन्सार दाखिला भएको थियो ।
साथै, चैत्र महिनामा ११ करोड, १८ लाख ३० हजार २ सय ६२ रुपैयाँ वैशाख महिनामा १३ करोड ८१ लाख ८९ हजार ९ सय ३१ रुपैयाँ, जेठ महिनामा ११ करोड ४३ लाख ६४ हजार ६ सय १ रुपैयाँ र असार महिनामा १० करोड, २३ लाख १२ हजार ७ सय ७७ रुपैयाँ रहेको छ ।
आर्थिक वर्ष २०७९/०८० मा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरुले उल्लेखित मुल्य बराबरको अवैध चोरीनिकासी बरामद, वन पैदावार, सुनचाँदी र अवैध रुपैयाँ बरामद गरी भन्सार दाखिला गरेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता तथा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताए ।
सो अवधिमा नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले २८ करोेड ७३ लाख ४५ हजार ५ सय ९३ रुपैयाँ, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले ६५ करोड, ७० लाख २६ हजार ६ सय ९५ रुपैयाँ, नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरले १ करोड ९० लाख ९९ हजार ६ सय ६८ रुपैयाँ, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले २ लाख ८१ हजार ४ सय रुपैयाँ बरामद गरी भन्सार दाखिला गरेको हो ।
त्यस्तै, नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीले २२ करोड १६ लाख १५ हजार ७ सय ६६ रुपैयाँ र नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले ७ करोड ८३ लाख ४५ हजार २ सय ४८ रुपैयाँ भन्सार दाखिला गरेको समेत बरिष्ठ उपरीक्षक खड्काले जानकारी दिए ।
सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रको सुरक्षालाई थप मजबुद बनाउनको लागि बिओपीको संख्या बढाउनुको साथै सीसी क्यामेरा जडान र मनिटरिङ्गलाई समेत विशेष महत्व दिएको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्ममा सशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्ड रहने व्यवस्था गरी समन्वयको पक्षलाई बढि प्रभावकारी बनाउनुको साथै सीमा क्षेत्रमा खटिएका सबै सरोकारवाला निकायहरुसँग सुमधुर सम्बन्धका साथ प्रभावकारी रुपमा समन्वय हुँदै आइरहेको समेत प्रवक्ता खड्काले बताए ।















प्रतिक्रिया