२९ आश्विन २०८३, बिहिबार

चिया बगानमा बोलाएर १५ वर्षीया किशोरीलाई दुई किशोरले गरे बलात्कार

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

झापा, १ साउन । झापामा चिया बगानमा बोलाएर एक जना पुरुषले १५ वर्षीया किशोरीलाई बलात्कार गरेका छन् ।

किशोरी बलात्कारको आरोपमा प्रहरीले बिर्तामोड नगरपालिका–६ बुट्टाबारी बस्ने १४/१४ वर्षका दुई जना किशोरलाई पक्राउ गरेको छ ।

बलात्कारसम्बन्धी उजुरी प्राप्त भएलगत्तै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई आज सोमबार बिहान पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सोही ठाउँस्थित चिया बगानमा बोलाई ती किशोरीलाई हिजो आइतबार राति दुवै जनाले पालै पालो बलात्कार गरेका हुन् ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।