२९ आश्विन २०८३, बिहिबार

मृत्यु भएको ११ घण्टापछि मसानघाट लग्दा जिउँदै फर्किएपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ganesh_vai_pattel__dead-man-live_921766650

काठमाडौं । भारतको गुजरातमा मसानघाट लग्ने तयारी गरिरहँदा मृत घोषित एक वृद्ध जिउँदै फर्किएका छन् ।

गुजरातको महेसाणा जिल्ला जिल्लास्थित बोकरवाडा गाउँमा ११ घन्टाअघि डाक्टरले मृत घोषित गरेका ७७ वर्षीय वृद्ध गणेशभाइ पटेल मृत्यु शैय्याबाट उठेका छन् ।

मंगलबार बेलुका डाक्टरले उनलाई मृत घोषित गरेका थिए । बुधबार बिहान अन्तिम संस्कारको तयारी गर्दैगर्दा मृत शरीरमा ज्यान फर्केर आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पटेलको मंगलबार अचानक स्वास्थ्य अवस्था बिग्रिएको थियो । स्वास्थ्य अवस्था विग्रिएपछि मंगलबारै उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा डाक्टरले उनलार्इ मृत घोषित गरिदिए । उनको निधनको समाचारपछि आफ्न्त गाउँले सबै शोकबाट डुबेका थिए ।

मंगलबार बेलुका डाक्टरले मृत घोषित गरेपछि बुधबार बिहानै उनको दाहसंस्कारको तयारी भइरहेका बेला ५ बजेर ३० मिनेटको समयमा गणेशभाइको शरीरमा ज्यान फर्किएको हो ।

ज्यान फर्किएपछि उनले आँखा खोल्दै संसार हेरे । अन्तिमसंस्कार तयारी भइरहेको देखेर उनले परिवारलाई प्रश्न समेत गरे ? यो सब किन गरेको भनेर । उनको गतिविधि देखेर शोकमा डुबेका परिवार अचम्म परे ।

मरेको ११ घण्टापछि ज्युँदै फर्किएका पटेलको दर्शन गर्न गाउँका मानिसको भींड लागेको छ । विश्वमै मृत्युशैयाबाट बाँचेको यो पहिलो घटना हो । एजेन्सी