
काठमाडौं, १ साउन । ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहित चारजनाको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाई हुँदैछ ।
सर्वोच्च अदालतमा न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा रिटको पेशी तोकिएको छ ।
प्रहरी प्रधान कार्यालयले दायर गरेको भ्याकेट पनि सोही इजलासमा सुनुवाइ हुनेछ । यसअघि आइतबार रिटको पेशी हेर्न नभ्याइनेमा परेको थियो ।
यस्तै राउतसहितका प्रतिवादीहरुलाई आज अदालतमा उपस्थित गराउन अदालतले आदेश दिएको थियो ।















प्रतिक्रिया