२९ आश्विन २०८३, बिहिबार

काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक गुठीको समस्याबाट पीडित छ : गोकुल बास्कोटा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक गुठीको समस्याबाट पीडित रहेको बताएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा उनले पुस्तौँपुस्तादेखि जमिन जोतिरहेको व्यक्तिको नाममा जमिन दर्ता हुन नसकेको भन्दै यी दुई जिल्ला पीडित रहेको बताएका हुन् ।

उनले सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा गुठीको समस्याबाट पीडितलाई न्याय दिनुपर्ने उल्लेख गर्दै गुठीसम्बन्धी समस्या समाधान गर्न सरकार तत्पर हुनुपर्ने बताएका छन् ।

‘हाम्रो सरकार, हाम्रा राजनीतिक दल सबै हामी समाजवादी हौँ भन्छौँ र किसानलाई न्याय दिन्छौँ भन्छौँ तर जसले पुस्तौँदेखि जमिन जोतीरहेको छ, तर आज पनि उनीहरुको जमिन दर्ता हुन सकेको छैन,’ एमाले नेता बास्कोटाले भने ।

सिन्धुपाल्चोकका अधिकांश नागरिक गुठी समस्याले पीडित भएको उको भनाइ छ ।