२९ आश्विन २०८३, बिहिबार

मिटरब्याजसम्बन्धी नयाँ विधेयक तत्काल ल्याउन एमालेको माग

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । नेकपा (एमाले)ले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी कसुरलाई दण्डनीय बनाउन अविलम्ब नयाँ विधेयक ल्याउन तत्काल सरकारसँग माग गरेको छ ।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले सरकारकै कारण ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रतिस्थापन विधेयक निस्क्रिय भइसकेको अवस्थामा अविलम्ब नयाँ विधेयक ल्याउन माग गरेको हो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकार आफैँले विधेयक प्रस्तुत गर्न ढिलाइ गर्ने, सदन सञ्चालन गर्न आवश्यक पहल नगर्नेे, विधेयकबारे सत्ता घटकभित्रै गम्भीर विवादले गर्दा विधेयकमाथि प्रतिनिधिसभामा छलफल हुन नसकेर निस्क्रिय भएको टिप्पणी गरे । यस्तै, बैठकले पार्टीको बागमती प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य गुरु बराललाई दिने निर्णय गरेको छ ।

बैठकले नेपालको विकासमा सहयोगी हुनसक्ने अमेरिकालगायत अन्य विकसित राष्ट्रबाट प्राप्त हुने सहयोगलाई पनि व्यवस्थितरूपमा राष्ट्र हितमा लगाउनुपर्नेमा जोड दिएको छ ।