
मकवानपुर, ३० असार । मकवानपुरको मनहरि गाउँपालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले संयुक्त रुपमा राजीनामा दिएका छन् ।
राजीनामा दिनेहरुमा मनहरि गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु छन् ।
प्रधानाध्यापकहरुले दिएको सामूहिक राजीनामा साउन १ गतेदेखि लागू हुने गरी दिइएको पत्रमा उल्लेख छ ।
सहमतिविपरीत सरुवा गरिएकामा आपत्ति जनाउँदै उनीहरूले राजीनामा दिएको छ छन् । विद्यालयको गुणस्तर सुधारको नाममा गाउँपालिकाले बिनाकारण प्रधानाध्यापकको सरुवा गर्न खोजेपछि सामूहिक रुपमा राजीनामा दिन बाध्य भएको बताइएको छ ।















प्रतिक्रिया