२९ आश्विन २०८३, बिहिबार

चितवनबाट चीनमा घाँस निर्यात सुरू, मन्त्रीहरू र राजदूतले गरे उद्घाटन (भिडिओ)

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ३० असार । नेपालमा चितवनबाट पहिलो पटक पशुपालनका लागि उपयोगी घाँस चीनमा निर्यात सुरू भएको छ ।

नेपालबाट आधिकारिक रुपमा चितवनको भरतपुरबाट चीनमा हाइलेज नामको घाँस निर्यात सुरू भएको हो ।

चितवनको भरतपुरमा उत्पादित प्याकिङ घाँस ‘हाइलेज’को चीनमा निर्यातको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कृषिमन्त्री बेदुराम भुषाल र नेपालका लागि चिनियाँ राजदूत छन सङले संयुक्त रुपमा रिबन काटेर शुभारम्भ गरे ।

सो क्रममा उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठले पशु आहार चीन पठाउने कामको आरम्भ भएको भन्दै अब नयाँ सम्भावनको खोजी गर्नुपर्नेमा जोड दिए । व्यापार घाटा कम गर्ने र सफल रुपमा देशलाई विकास र समृद्धिको दिशामा फड्को मार्नेतिर लान जरुरी रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।

सो अवसरमा हाइलेज पशु आहार लोड गरेको १० वटा ट्रकलाई रिबन काटेर चीनतर्फ पठाइएको छ । करिब ८० टन हाइलेज चीनको सिगाचेमा पठाएको हो ।

करिब तीन वर्षको प्रयासपछि नेपालको घाँस हाइलेज चीन पठाउन सफल भएको हो । चिनियाँ व्यवसायीको लगानीमा चितवनमा हाल मकैको हाइलेज उत्पादन हुँदै आएको छ ।

हेर्नुहोस् भिडिओ–