२९ आश्विन २०८३, बिहिबार

बाबुराम भट्टराईलाई समाजवादी मोर्चामा सामेल गराउन छलफल जारी छ : नारायणकाजी श्रेष्ठ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ३० असार । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराई चाँडै समाजवादी मोर्चामा सामेल हुने दाबी गरेका छन् ।

प्रेस सेन्टर नेपाल, चितवनले भरतपुर विमानस्थलमा आज शनिबार गरेको पत्रकार सम्मेलनमा उनले मोर्चामा सहभागी गराउन विभिन्न चरणमा छलफल भइरहेकाले चाँडै नै यसको निचोड आउने बताएका हुन् ।

डा. भट्टराई समाजवादी मोर्चा भन्दा बाहिर बस्नुपर्ने कुनै कारण नरहेको चर्चा गर्दै उनले मोर्चामा सहभागी गराउन छलफल भइरहेको उल्लेख गरेका छन् ।

यस्तै, उनले ललिता निवास प्रकरणमा व्यक्ति हेरेर नभई प्रहरीले तथ्य र प्रमाणका आधारमा अनुसन्धान गर्ने बताएका छन् । हस्तक्षेपमुक्त भएर अनुसन्धान गरेर अपराधीलाई दायरामा ल्याउन निर्देशन दिएको उनको भनाइ छ ।