२९ आश्विन २०८३, बिहिबार

मिटरब्याजसम्बन्धी विधेयक छिट्टै सदनमा आउँछ, हामी छलफलमै छौँ : गृहमन्त्री श्रेष्ठ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ३० असार । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजसम्बन्धी विधेयकलाई छिट्टै अघि बढाउने बताएका छन् ।

प्रेस सेन्टर नेपाल, चितवनले भरतपुर विमानस्थलमा आज शनिबार गरेको पत्रकार सम्मेलनमा उनले सदनमा रहेको विधेयकलाई नै अघि बढाउने प्रक्रियामा छलफल भइरहेको र छिट्टै अघि बढ्ने बताएका हुन् ।

उनले यसअघि संसद् अवरोधका कारण विधेयक पारित हुन नसकेको उल्लेख गर्दै अब बस्ने संसद् बैठकबाट यसलाई अघि बढाउने दाबी गरेका छन् । मिटरब्याजीविरुद्धको उजुरी नलिने र छानबिनका क्रममा पीडितको पक्षमा न्याय हुने काम नरोकिने उनको भनाइ छ ।