३ कार्तिक २०८३, मंगलबार

दलको नेताको लागि भिडेकै हो, संख्या पुगेको दिन नेता परिवर्तन गरेर अघि बढ्छु: गगन थापा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफ्नो पक्षमा संख्या पुगेको दिन संसदीय दलको नेता परिवर्तन गरेर आफू अगाडि बढ्ने बताएका छन् ।

विराटनगरमा शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले यसअघि पनि आफू महामन्त्रीका लागि भिडेको र अब संख्या पुग्ने बित्तिकै दलको नेता परिवर्तन गरेर अगाडि बढ्ने बताएका हुन् ।

‘संसदीय दलको नेताका लागि मैले भिडेकै हो । पार्टीमा विधानअनुसार दलको नेता परिवर्तन भएको इतिहास छ । मलाई आवश्यक संख्या पुगेको महसुस भएको दिन नेता परिवर्तन गरेर अघि बढ्छु,’ महामन्त्री थापाले भने ।

गिरिजाप्रसाद कोइराला दलको नेता हुँदा हालका दलका नेता शेरबहादुर देउवाले पनि संख्या पुर्‍याएर नेता बनेको स्मरण गरे ।