३ कार्तिक २०८३, मंगलबार

राहतभन्दा धेरै फोटो खिच्ने अनि प्रचार गर्ने एनजिओको शैलीबाट सर्वसाधारण दिक्क

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NGO-Dakaharu-Thagसिन्धुपाल्चोक, १६ जेठ । सिन्धुपाल्चोक जिल्लाका १३ गाविसमा राहत तथा पनुस्र्थापनाको काम गर्ने गरी जिल्ला दैवीप्रकोप उद्दार समितिसँग सम्झौता गरेको प्लान इन्टरनेशनल भूकम्पको एक महिनापछि एकएक थान त्रिपाल लिएर आफ्नो कार्यक्षेत्र पुग्यो ।

भूकम्प प्रभावितका लागि आवास र खाद्यान्तको पूर्ण रुपमा व्यवस्थापन गर्ने प्रतिवद्दतासहित सम्झौता गरेको प्लानले अहिलेसम्म आफूले जिम्मा लिएका गाविसका पीडित कसरी जीवनयापन गरिरहेछन् भन्ने तथ्यांकसमेत संकलन गरेको छैन ।

एक महिना बितिसकेपछि बल्ल त्रिपाल लिएर गएको प्लानले खाद्यान्तलगायत अन्य सामग्री कहिले गाउँ पुर्याउँछ, कसैलाई पत्तो छैन ।

पीडितको अवस्था कस्तो छ भन्ने जानकारी समेत नलिएको संस्थाले राहत तथा पुनस्र्थापनाको काम प्रभावकारी रुपमा गर्न सक्न भन्नेमा स्थानीयले शंका गर्न थालेका छन् ।

प्लानले कार्यक्षेत्रका सबै घरमा खाद्यान्न, त्रिपाललगायत सामग्री उपलब्ध गराउने जनाएपनि अझै आफ्नो गाउँमा एक थान त्रिपालबाहेक केही नदिएको ज्यामिरेका कांग्रेस नेता आइतमान तामाङले बताए ।

गाउँले निजी क्षेत्रको पहलमा प्राप्त खाद्यान्नले छाक टारिरहनुपरेको उल्लेख गर्दै तामाङले प्लानप्रति आक्रोस पोखे ।

भूकम्पपछि जिल्लामा आएका अनगिन्ती विदेशी संस्थाको कार्यशैली हेर्दा काम गर्नुभन्दा पनि फोटो खिचाएर प्रचार गर्नु नै उनीहरुको पहिलो उद्देश्य रहेको बुझेका सर्वसाधारण उनीहरुको कार्यशैलीबाट दिक्क रहेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

सदरमुकाम र केही बजार केन्द्रमा थुप्रिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आँखा विकट गाउँमा पुगेका छैनन् ।