
काठमाडौं, २९ असार । नेपाल एसीसी इमर्जिङ टिम्स एशिया कपको पहिलो खेलमा पाकिस्तान ‘ए’सँग ४ विकेटले पराजित भएको छ ।
जितका लागि १८० रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ‘ए’ले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
त्यसअघि श्रीलंकाको कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७ ओभरमा १७९ रनमा अल आउट हुन पुगेको थियो ।
नेपालले दोस्रो खेल सोमबार भारत ए सँग खेल्नेछ । तेस्रो खेल बुधबार युएई ए सँग खेल्नेछ ।















प्रतिक्रिया