२९ आश्विन २०८३, बिहिबार

सत्तापक्षबाटै मिटरव्याजसम्बन्धी विधेयक रोकिएपछि रास्वपाले दियो सदन अवरुद्धको चेतावनी (भिडिओ)

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदन चल्न नदिने चेतावनी दिएको छ ।

पार्टीका सभापति रवि लामिछानेले मिटरब्याजसम्बन्धी विधेयक कार्यसूचीमा नराखे सदन चल्न नदिने चेतावनी दिएका हुन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सभापति लामिछानेले मिटरव्याजबाट पीडित नागरिकको पक्षमा आफुरहेको भन्दै मिटरव्याजसम्बन्धी विधेयक तत्काल सदनमा नल्याए संसद अवरुद्ध गर्ने चेतावनी दिए । शून्यमा गएको उक्त विधेयकलाई व्युताएर आगामी बैठकमा कार्यसूचीमा नराखे रास्वपा सदन चल्न नदिने पक्षमा उभिने उनले बताए ।

उनले मिटरव्याजसम्बन्धी प्रतिस्थापन बिधेयकलाई फास्ट ट्रयाकमा पारित गर्नका लागि रास्वपा तयार रहेको पनि बताए । लामिछानेले सत्तापक्षका केही दलहरुका कारण मिटरव्याजसम्बन्धी कानूनलाइ रोक्न खोजिएको चर्चा चलेको भन्दै यसको पक्षमा र विपक्षमा को छन् भन्ने बुझ्नुपर्ने जिकिर गरे ।

सरकारले ल्याएको मिटरब्याजसम्बन्धी अध्यादेश अन्तिम समयमा सदनमा पेश गरिएको थियो । तर सदन अवरुद्ध हुँदा उक्त अध्यादेश निष्कृय भएको थियो । त्यसपछि लगत्तै सदनमा पेश गर्ने सरकारी प्रतिबद्धता रहे पनि विधेयक सदनमा ल्याइएको छैन ।