३ कार्तिक २०८३, मंगलबार

जब सरूवा गरिएपछि स्वास्थ्य मन्त्रालयका कर्मचारीले झुण्डिएर मर्छु भने…

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सरकारले खटाएको जिल्लामा जान नमान्ने कर्मचारीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन बाध्य भएको बताएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा मन्त्री बस्नेतले सरूवा गरिएको स्थानमा नजाने अडान लिएपछि मन्त्रालयमा आफू आक्रामक रूपमा प्रस्तुत हुन बाध्य भएको बताएका हुन् ।

उनले सरुवा गरिएको स्थानमा नजाने बरू मन्त्रालयमा झुण्डिएर मर्छु भनेपछि झुण्डिन आफूकहाँ पठाइदिन भनेको जिकिर गरे । आफू कडा रूपमा प्रस्तुत भएपछि ती कर्मचारीले सरुवाको पत्र बुझेको र अहिले सरुवाका बिषयमा कुनै समस्या नदेखिएको उनले बताए ।

मन्त्री बस्नेतले स्वास्थ्यकर्मीलाई दुर्गम स्थानमा पठाउने काममा कुनै अवरोध नगर्न मन्त्रीपरिषद्मा पनि भनेको भन्दै नजिताका लागि केही महिना कुर्न आग्रह गरे ।