१६ कार्तिक २०८३, सोमबार

विप्लव माओवादीद्धारा चितवनमा १० विघा जग्गा कब्जा, भूकम्पपीडितलाई बाँड्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-Bikram-Chandकाठमाडौं, १५ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले चितवनको भरतपुरमा १० विघा जग्गा कब्जा गरी भूकम्प पीडितलाई बाँडेको छ ।

अधिग्रहण गरेको जग्गामा टहरा निर्माण गरेर माओवादीले बारपाक र लाप्राकका भूकम्प पीडितलाई उक्त ठाउँमा पु¥याएको छ ।
भरतपुर उपमहानगरपालिका–१३ कैलाशनगरमा जग्गा जग्गा अधिग्रहण गरी ३० भन्दा बढी टहरा निर्माण गरिसकेको छ ।

माओवादीले गोरखाका बारपाक, लाप्राक, मकवानपुर, दोलखालगायत ठाउँका भूकम्प पीडितलाई चितवनमा झारको छ ।
सरकारले सुरक्षित पुर्नवास गर्न ढिलाई गरेकाले यस्तो कदम चाल्नु परेको माओवादीले बताएको छ । उक्त जग्गामा करिब पाँच सय जनालाई राख्ने योजना रहेको समेत माओवादीले बताएको छ ।

अधिग्रहण गरिएको जग्गा धनी अजयविक्रम शाहले आफ्नो जग्गाबाट तत्काल भूकम्प पीडितलाई हटाउँन माग गर्दै प्रशासनमा उजुरी दर्ता गराएका छन् । माओवादीले भने उक्त जग्गा प्रयोग विहीन रहेकाले अस्थाई बस्ती बसाउन थालेको बताएको छ ।