३ कार्तिक २०८३, मंगलबार

असार ३० गतेसम्म प्रधानमन्त्रीको सम्पूर्ण राजनीतिक कार्यक्रम स्थगित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहालको असार ३० गतेसम्म सम्पूर्ण राजनीतिक कार्यक्रम स्थगित गरिएको छ ।

पत्नी वियोगमा रहेका प्रधानमन्त्रीको सम्पूर्ण राजनीतिक कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीले बालुवाटारमा श्रद्धाञ्जली र समवेदना दिन आउनेहरूसँग मात्रै भेटघाट गर्नेछन् । उनी सिंहदरबार पनि नजाने बताइएको छ ।

समवेदना प्रकटका लागि असार २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि बेलुका ६ बजेसम्मको समय तोकिएको छ ।