१ कार्तिक २०८३, आइतबार

विशाल भण्डारी र कमेडियन विक्की अग्रवालविरुद्ध उजुरी दर्ता

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । कमेडी क्लब विथ च्याम्पियनका निर्देशक तथा प्रस्तोता विशाल भण्डारी र कमेडियन विक्की अग्रवालविरूद्व उजुरी परेको छ ।

फिल्म निर्देशक राजु गिरीले विशाल र विक्कीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका हुन् ।

भण्डारी र अग्रवालले सञ्चालन गर्ने टिभी कार्यक्रमले आफ्नो बौद्धिक सम्पत्तिमा धावा बोलेको, हैरानी दिएको भन्दै गिरीले आफ्नो जीउधनको सुरक्षाको माग गर्दै उजुरी दिएका हुन् ।

विशालले कमेडी क्लब विथ च्याम्पियनको भाग ६९ मा आफ्नो मानमर्दन हुने गरी सामग्री प्रसारण गरेको गिरीले उल्लेख गरेका छन् ।