३ कार्तिक २०८३, मंगलबार

सीता दाहाललाई के रोग लागेको थियो ?

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको बुधबार निधन भएको छ ।

उनी लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित थिइन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) भनिन्छ ।

पीएसपी एक दुर्लभ स्थिति हो, जसका कारण मानिसको मानसिक असन्तुलनका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ । मस्तिष्कको कोशिकामा क्षति हुँदा यस्तो समस्या देखिने चिकित्सकहरु बताउँछन्।

यो रोग हरेक एक लाखमा तीनदेखि ६ जनासम्मलाई हुन्छ । सामान्यतया पीएसपीको लक्षण ६० वर्षको उमेर पुगिसकेका व्यक्तिहरूमा देखिने गरेको भए पनि कसैकसैलाई यो रोगले चाँडै पनि समात्न सक्छ ।

छोरा प्रकाश दाहालको असामयिक निधनपछि सीतालाई यो रोगले झन् च्यापेको थियो । उनको उपचारका लागि अमेरिका, सिंगापुर, भारत लगायत देश लगिएको थियो । तर, पनि उनको स्वास्थ्यमा सुधार हुन सकेको थिएन ।