३ कार्तिक २०८३, मंगलबार

एमाले अध्यक्ष ओलीद्वारा दाहालको निधनमा दुःख व्यक्त

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवन सङ्गिनी सीताको निधनको खबरले आफू अत्यन्त दुःखी भएको बताएका छन् ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेख्दै दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन संगिनी सीता दाहालको निधनको खबरले अत्यन्त दुःखी छु ।’ अध्यक्ष ओलीले भनेका छन्, ‘दिवंगत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।’