२९ आश्विन २०८३, बिहिबार

एमालेका कार्यकर्ताले समयानुकूल चुनौतीको सामना गर्न सक्नुपर्दछ : सुरेन्द्र पाण्डे

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले र एमालेका सिङ्गो कार्यकर्ता पङ्क्तिले आफूलाई समयानुकूल परिमार्जन र परिवर्तन गरेर चुनौतीको सामना गर्नुपर्ने बताएका छन् ।

एमाले गण्डकी प्रदेश सम्पर्क कमिटी प्रचार विभागले आज काठमाडौंमा आयोजना गरेको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बदलिएको युगसँगै समयसापेक्ष पार्टी कमिटीलाई सञ्चालन गर्नुपर्ने आवश्यकताबारे चर्चा गर्दै युवा पङ्क्तिलाई आकर्षण गर्नेगरी योजना बनाएर अगाडि बढ्नुपर्ने बताए ।

सिद्धान्त, दर्शन र व्यावहारिक जीवनसँगै जोडिएर अगाडि बढ्न सक्ने योजनाले नै पार्टी बलियो हुन्छ । त्यसका लागि आ–आफ्नो ठाउँबाट क्रियाशील हुन आवश्यक रहेको उपाध्यक्ष पाण्डेको भनाइ छ ।

गण्डकी सम्पर्क प्रचार तथा प्रकाशन विभाग प्रमुख पदम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य कल्पना थापा, सांसद दामोदर वैरागी, सम्पर्क कमिटीका अध्यक्ष श्याम बस्नेत, गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडी, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन बिष्ट, गण्डकी प्रदेश सम्पर्क कमिटीका अध्यक्ष ऋषि कँडेललगायतले सम्बोधन गरेका थिए ।