काठमाडौं, १५ जेठ । नेपालका भूकम्प पीडितको सहयागार्थ मलेसियामा आयोजना हुन लागेको ‘ब्याट फर नेपाल’ क्रिकेट प्रतियोगितामा श्रींलंकाका तीव्र गतिका बलर लासिथ मालिङगाले खेल्ने भएका छन् ।
मालिङगाले विश्व ११ बाट नेपाल विरूद्ध खेल्ने घोषणा शुक्रबार गरेका हुन् ।
मलेसियाको किनरारा ओभल मैदानमा अगष्ट ९ मा हुने ‘ब्याट फर नेपाल’ अभियान अन्तर्गतको खेलमा मालिङगाले नेपाल विरूद्ध बलिङ गर्ने मलेसिया क्रिकेट एशोसिएशनका अध्यक्ष महिन्दा भल्ली पुरामले जानकारी दिनुभएको छ ।
अगष्ट ९ मा हुने ‘ब्याट फर नेपाल’मा पारस खड्काको कप्तानीमा नेपाली राष्ट्रिय टोली र विश्व ११बीच भीडन्त हुनेछ ।
















प्रतिक्रिया