२९ आश्विन २०८३, बिहिबार

गण्डकी प्रदेशमा शुक्रबार विदा

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २६ असार । गण्डकी प्रदेश सरकारले आगामी शुक्रबार विदा दिने निर्णय गरेको छ ।

गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज आज सार्वजनिक सूचना अनुसार यही असार २९ गते शुक्रबार भानुजयन्तीका अवसरमा बिदा दिने जनाइएको छ ।

उपसचिव सुरणप्रसाद शर्मा पौडेलद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०७९ चैत ८ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी २०८० असार २९ गते शुक्रबार भानु जयन्तीका अवसरमा गण्डकी प्रदेशका सबै सरकारी निकाय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा सार्वजनिक बिदा रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूूचना प्रकाशित गरिएको छ ।’