१ कार्तिक २०८३, आइतबार

रमेश परियारको लमजुङ्गे ठाडो भाकाले पायो दशलाख बढी भ्यूज

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । लोक गायक रमेश परियारको लमजुङ्गे ठाडो भाका गीतले दशलाख बढी भ्यूज पाएको छ ।

एक वर्षअघि युट्युबमा राखिएको गीतले दशलाख भ्यूज कटाएको हो । सिंगो नेपाल तथा गण्डकी क्षेत्र र विशेषगरी लामजुङ जिल्लामा ठाडो भाका अत्यन्तै प्रचलित छ ।

लमजुङ्गे ठाडो भाका गीतको इतिहास करिब दुई सय वर्षको रहेको छ । लोकगायक स्वर्गिय देउबहादुर दुरा, पञ्चसुब्बा गुरूङ, धनमाया तामाङ, बिच्छी कमिनी, भेडी खर्के साइँला जस्ता अमर श्रष्टाले गाएका यो गीत युवा पुस्तामा हस्तान्तरण हुने क्रममा युवा गायक परियारले बजार ल्याएका हुन् ।

गायनमा परियारलाई गायिका सन्ध्या परियारले साथ दिएकी छिन् । गीतको शब्द परियारकै हो भने संगीत संकलन पनि उनैले गरेका हुन् । यस्तै, गीतको एरेन्जर सागर बिरही हुन् भने गीतको भिडिओ निर्देशन दीप गुरूङले गरेका हुन् ।

यो गीतमा सहयोगीको भूमिका निर्वाह गर्नेहरूमा अमेरिकामा रहेका अमृत गुरूङ यस्तै, सिंहबहादुर दुरा, भीमचन्द्र दुरा, खेम दुरा, विधान दुरा, बुदिस दुरा, भीम दुरा, धन दुरा, श्रीमाया दुरा, जयबहादुर दुरा, पदम गुरूङ, विष्णुबहादुर दुरा, रामकृष्ण परियार, पासाङ दुरा, संगीता न्यौपाने, पुष्पराज पौडेल, एवम् सम्पूर्ण कालिका मिलन युवा क्लब तुर्लुङकोट र आमा समूह रहेका छन् ।

यो गीत रमेश सन्ध्या अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।