
काठमाडौं, २६ असार । झापामा नौ वर्षीया बालिका र दैलेखमा ६० वर्षीया महिला बलात्कृत भएका छन् ।
बलात्कार आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापाको गौरदह नगरपालिका–९ झमकचौक बस्ने १९ वर्षीय बिवेक अधिकारीलाई सोमबार साँझ पक्राउ गरेको छ ।
अधिकारीले ती बालिकालाई आफ्नै घरमा ललाई फकाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
यस्तै, ६० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा दैलेखको गुरास गाउँपालिका–५ कुटीभैरी बस्ने २५ वर्षीय तेज बहादुर नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
नेपालीले ती महिलालाई गत असार २१ गते साँझ सोही ठाउँस्थित गोरेटो बाटो छेउको झाडीमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।















प्रतिक्रिया