
काठमाडौं, २६ असार । सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ लाम्जुरामा मनाङ एयरको जहाज दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । एकजनाको अवस्था अज्ञात छ ।
मृतकहरूको शव जलेको अवस्थामा रहेकाले सनाखत हुन सकेको छैन । हेलिकप्टरमा पाइलट सीबी गुरूङसहित पाँचजना रसियन नागरिक रहेका थिए । जसमा दुईजना पुरुष र तीन जना महिला रहेका छन् ।
यात्रुहरूमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन्। उनीहरू सोमबार लुम्ला पुगेर आज काठमाडौं फर्कँदै थिए ।
हेलिकोप्टर रुखमा ठोकिएर दुर्घटना भएको उद्दारका लागि पुगेको प्रहरीले जानकारी दिएको छ । मौसम खराब रहेका कारण हेलिकप्टर सुरूमा रूखमा ठोक्किएको र अन्यिन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको हो ।
लामाजुरा डाँडास्थित एउटा रुखमा ठोकिएर उक्त हेलिकोप्टर तलतिर झरेको बताइएको छ ।
हेलिकोप्टर सोलुखुम्बुको सुर्केबाट बिहान १० बजेर ५ मिनेटमा काठमाडौंको लागि उडेको थियो। त्यसपछि यो हेलिकोप्टर उडेको ८ मिनेटमै बेपत्ता भएको थियो ।















प्रतिक्रिया