
काठमाडौं, २६ असार । सोलुखुम्बुबाट काठमाडौँ उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुकै लामाजुरामा दुर्घटनामा परेको छ ।
नाइन एनए–एमभी कलसाइन भएको हेलिकप्टर उडेको केहीबेरमा नै सम्पर्कविहीन भएको थियो । मौमस खराबीका कारण हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको छ ।
पाइलटसहित ६ जना सवार रहेका थिए । हेलिकप्टरमा पाइलट सीबी गुरूङसहित पाँचजना रसियन नागरिक रहेका थिए । जसमा दुईजना पुरुष र तीन जना महिला रहेका छन् ।
यात्रुहरूमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन्। उनीहरू सोमबार लुम्ला पुगेर आज काठमाडौं फर्कँदै थिए ।
















प्रतिक्रिया