३ कार्तिक २०८३, मंगलबार

ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । बालुवाटारस्थित ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले योगराज पौडेल र नारायणदास श्रेष्ठलाई पक्राउ गरेको हो ।

पौडेल तत्कालीन मालपोत कार्यालयका तत्कालीन नासु हुन् भने नारायणदास खरदार थिए । उनीहरूलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

आज दुईजना पक्राउ परेसँगै हालसम्म यो प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।