
काठमाडौं, २६ असार । फुटपाथ व्यापारीलाई अभद्र व्यवहार गरेको आरोपमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सातजना नगर प्रहरीलाई बर्खास्त गरेका छन् ।
महानगरका अनुसार ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको हो भने स्थायी सेवामा रहेका ५ जनालाई निलम्बन गरिएको छ।
केही दिनअघि सामाजिक सञ्जालमा आएको भिडिओमा फुटपाथ व्यापारीलाई नगर प्रहरीले लछारपछार पार्दै सामान जफत गरेको भिडिओ सार्वजनिक भएको थियो । जसलाई लिएर नगर प्रहरीको आलोचना भइरहेको छ ।
नगरप्रहरीले ज्यादती गरेको भन्दै आलोचना भएपछि बालेनले नगर प्रहरीविरूद्व नै एक्सन लिएका हुन् ।















प्रतिक्रिया