२९ आश्विन २०८३, बिहिबार

मिटरव्याजीसम्बन्धी कानूनलाई नयाँ ढङ्गले अघि बढाइने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिटरव्याजीसम्बन्धी कानूनलाई नयाँ ढङ्गले अघि बढाइने बताएकी छिन् ।

आज सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले मिटरव्याजीसम्बन्धी कानुनसम्बन्धी अध्यादेश शून्यको अवस्थामा पुगेको भन्दै यसलाई अब नयाँ ढङ्गले अघि बढाइने बताएकी हुन् ।

यसको प्रक्रिया सदनको आगामी असार २९ गते बस्ने बैठकबाट नै सुरू हुने उनको भनाइ छ । उनले राष्ट्रियसभा पनि सहज रुपमा चल्ने भन्दै बजेट पारित हुने विश्वास व्यक्त गरिन् ।

मन्त्री शर्माले अहिले संसद खुलाउने नै महत्वपूर्ण विषय भएको र प्रतिपक्षीले उठाएको विषयलाई प्रधानमन्त्रीले स्पष्ट पारेको बताइन् ।