२९ आश्विन २०८३, बिहिबार

मदन भण्डारी फाउन्डेशन हुम्लाको अध्यक्षमा महतारा निर्विरोध

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला, २५ असार । मदन भण्डारी फाउन्डेसन हुम्लाको अध्यक्षमा नवराज महतारा निर्विरोध निर्वाचित भएका छन् ।

सिमकोटमा आयोजित फाउण्डेशनको दोस्रो जिल्ला अधिवेशनले पत्रकारिता क्षेत्रमा आवद्ध महताराको नेतृत्वमा १५ सदस्यीय जिल्ला कमिटी निर्विरोध निर्वाचित गरेको हो ।

यस्तै, उपाध्यक्षमा जनक बुढा, सचिवमा जानबहादुर जेठारा, कोषाध्यक्षमा मञ्जु रावल निर्वाचित भएका छन् भने सदस्यमा लक्ष्य कामी, नन्द सिंह, कमल सिंह, छविचन्द्र लामा, तोपछिरिङ लामा, चिन रावत, बुध भण्डारी, प्रकाशबहादुर शाही, टेकबहादुर शाही, भीमबहादुर सिंह र नरदीप थापा निर्वाचित भएका छन् ।

जनताको बहुदलीय जनवाद (जबज)का प्रणेता स्वर्गीय मदन कुमार भण्डारीको विचारलाई जिल्लाका सातवटै स्थानीय तह र ४४ वटै वडासम्म फैलाउने गरी नयाँ कमिटी निर्वाचित भएको दोस्रो जिल्ला अधिवेशनको अध्यक्ष मण्डलका अध्यक्ष गोकुल बुढाले जानकारी दिए ।

अध्यक्षमा निर्वाचित भएपछि महताराले फाउण्डेसनलाई क्रियाशील बनाउने बताए । ‘कम्युनिस्ट बिचरालाई यूग, भूगोल र परिस्थिति सुहाउँदो सिद्धान्तका प्रणेता स्वर्गिय भण्डारीको राजनीतिक योगदान, सोच, विचारहरूको संरक्षण, तिनको व्याख्या विश्लेषण र विकास गर्ने प्रमुख कार्यभार मदन भण्डारी फाउण्डेशन हुम्लाको काँधमा आएको छ,’ अध्यक्ष महताराले भने, ‘जिल्लाका सातवटै स्थानीय तहमा फाउण्डेशनका स्थानीय तह कमिटी गठन गरेर यसलाई चलायमान गराउने काम तत्कालै गरिने छ ।’

२०६१ साल भदौ १७ गते राष्ट्रिय निर्देशन ऐन २०१८ अन्र्तगत दर्ता भएको फाउन्डेशन हुम्लामा २०७२ सालमा गठन भएको थियो । एमालेका केन्द्रीय सदस्य दल फडेराको अध्यक्षतामा गठन भएको फाउन्डेशनको दोस्रो कार्यकालका लागि महताराको अध्यक्षतामा नयाँ कमिटी गठन भएको हो ।

फाउन्डेशनको नयाँ निर्वाचित कमिटीलाई सथप खुवाउँदै एमाले केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्व सामाजिक विकासमन्त्री दल रावलले जनताको बहुदलीय जनवादका १४ विशेषतालाई आम कम्युनिस्ट पार्टीका कार्यकर्तामाझ पुर्‍याउने काम नयाँ निर्वाचित कमिटीले गर्नेमा आफू विश्वस्त रहेको बताए ।