
काठमाडौं, २५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’मा नैतिकता जीवित छ भने तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको आज बसेको बैठकको आकस्मिक समयमा आफ्नो धारणा व्यक्त गर्दै लिङ्देनले ‘भारतले प्रधानमन्त्री बनाएको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नैतिकताको आधार राजनीनामा दिनुपर्ने बताएका हुन् ।
तर, जवाफमा प्रधानमन्त्री प्रचण्डले लिङ्देनले चाहँदैमा आफूले राजीनामा नदिने स्पष्ट पारे । संसदमा उठेका विषयहरूमाथि जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्ले कसैले माग्दैमा आफूले राजीनामा नदिने तर आफ्नो मनमा लागे एक मिनेट पनि पदमा नबस्ने बताए ।
यसअघि पनि आफूले नैतिकताकै आधारमा राजीनामा दिएको स्मरण गराउँदै उनले त्यसबारे पढ्न र थाहा पाउन राप्रपा अध्यक्ष लिङ्देनलाई प्रधानमन्त्रीले आग्रह गरे ।















प्रतिक्रिया