२९ आश्विन २०८३, बिहिबार

भ्रष्टाचारविरुद्धको अभियानमा सरकारलाई सहयोग गर्छौँ : रवि लामिछाने (भिडिओ)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने सरकारले अघि बढाएको भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो पार्टीको साथ रहने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सभापति लामिछानेले मिटरब्याज पीडितलाई न्याय दिनका लागि सगरकाले अघि सारेको काम सकारात्मक रहेको भन्दै रास्वपाको पूर्णसमर्थन रहने समेत स्पष्ट पारे । तर, विधेयक सढलो गरी सदनमा आउनुमा सत्ता पक्षकै नेताहरूको स्वार्थ भएको पनि उनले बताएका छन् ।

उनले राष्ट्रिय स्वाधिनता र स्वाभिमानताका विषयमा यसरी संसदमा जवाफ दिनुपर्ने वातावरण फेरि सिर्जना नहोस् भनी प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराए ।

यस्तै, उनले तीन दलले मिलेर संसद्लाई बन्धक बनाउन खोजिएको र तीन दलले इच्छा अनुसार सदन सञ्चालन गर्दा जनताका मुद्दाहरु ओझेलमा परेको बताएका छन् । प्रधानमन्त्रीले दिएको अभिव्यक्ति पटक–पटक विवादमा आउने गरेको भन्दै उनले अभिव्यक्ति प्रकट गर्दा सजकता अपनाउन सुझाव पनि दिए ।

आफैंले छिमेकीले प्रधानमन्त्री बनाएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको उनको भनाइ छ । उनले रास्वपा प्रतिपक्षको भूमिकामा रहेर आफ्नै स्वतन्त्र अस्तित्व र मुद्दाहरूमा उभिएको भन्दै प्रमुख प्रतिपक्षको एजेण्डामा आफ्नो दललाई मुछ्ने जालसाजीपूर्ण क्रियाकलाप भएको जिकिर गरे ।