
काठमाडौं, २४ असार । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुको विकल्प नभएको बताएका छन् ।
आज संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री प्रचण्डले मुलुकको स्वाभिमान, स्वाधीनता र सार्वभौमिकतालाई माटोमा मिलाउने गरी दिएको अभिव्यक्ति क्षमायोग्य नभएकाले राजीनामाको विकल्प नभएको बताएका हुन् ।
प्रचण्डले राजीनामा दिनुपर्ने एमालेको माग यथावत् रहेको बताउँदै उनले संसदको अवरोध हटाउने सन्दर्भमा प्रमुख तीन दलका नेताहरूबीच भएको छलफलबाट पनि निकास ननिस्केकाले अब राजीनामाको विकल्प नभएको प्रष्ट पारे ।















प्रतिक्रिया