२९ आश्विन २०८३, बिहिबार

साना–साना कुरामा सदन अवरुद्ध गर्ने काम सधैंका लागि बन्द गर्नुपर्छ : लेखनाथ दाहाल (भिडिओ)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले साना–साना कुरालाई लिएर सदन अवरुद्ध गर्ने काम सधैंका लागि बन्द गर्नुपर्ने बताएका छन् ।

आज आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले सदन अवरुद्ध गर्दा नीति नियम बनाउने काम नै अवरुद्ध भएको भन्दै साना–साना कुरालाई लिएर सदन अवरुद्ध गर्ने काम सधैंका लागि बन्द गर्नुपर्ने बताएका हुन् ।

उनले पटक–पटक सदन अवरुद्ध गरेर एमालेले नयाँ रेकर्ड कायम गर्न खोजेको टिप्पणी गरेका छन् । एमाले सकारात्मक भए मिटरव्याजसम्बन्धी कानुन छिट्टै अघि बढ्ने उनको भनाइ छ ।

हेर्नुहोस् भिडिओ–