
काठमाडौं, २४ असार । मिटरब्याजविरुद्धको कानून पारित गराउनुपर्ने भन्दै मिटरब्याजविरुद्धको संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ ।
यसअघि सरकारले ल्याएको मिटरब्याज सम्बन्धी कानून निष्कृय भएपनि संघर्ष समितिले छिटो उक्त कानून अघि बढाउन र पारित गर्नुपर्ने भन्दै काठमाडौंको माइतीघरदेखि बानेश्वरमा प्रदर्शन गरेको हो ।
उनीहरूले संघर्ष समितिसँग सरकारले यसअघि गरेको सहमति कार्यान्वयन गर्न माग गरेका छन् । प्रदर्शनमा सहभागीहरूले मिटरब्याज सम्बन्धी कानून तत्काल पारित गर, दलाल पूँजीवादी व्यवस्था अन्त्य गर, अवैधानिक मिटरव्याज तत्काल अन्त्य गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
उनीहरूले नियोजित रुपमा यससम्बन्धी कानूनलाइ निष्कृय पारेको भन्दै आफूहरूले न्याय नपाएसम्म घर नफर्किने जनाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै नेकपा एमालेले निरन्तर संसद अवरोध गरेपछि मिटरब्याज सम्बन्धी कानून निष्कृय भएको थियो ।















प्रतिक्रिया