
काठमाडौं, २४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच सिंहदरबारमा छलफल जारी छ ।
तीन शीर्ष नेताबीच संसदको अवरोध हटाउने विषयमा छलफल भइरहेको हो । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरोध गर्दै आएको छ ।
यसअघि आज बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकले अवरोध खुलाउन एमालेसँग छलफल गर्ने निर्णय गरेको थियो ।
















प्रतिक्रिया