काठमाडौं, १५ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कांग्रेस पार्टीको योजना ‘आइडिया’ चोरेको खुलासा भएको छ ।
भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने कांग्रेसको महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया’ योजनाको मोदी सरकारले नक्कल गरेको खुलासा भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले गरेका हुन् ।
कांग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ एलायन्स युपिए सरकारले तयार पारेको योजनालाई नै मोदीले ‘मेक इन इन्डिया’ नामबाट लागू गरेको पूर्वप्रधानमन्त्री सिंहले दाबी गरेका छन् ।
मोदी सरकारले गत मंगलबार एक वर्ष पूरा गरेको थियो । सोही अवरसरमा मोदीले ‘मेक इन इन्डिया’ उत्कृष्ठ योजना बन्ने भन्दै उक्त योजनालाई आफूले रातदिन खटेर तयार पारेको बताएका थिए ।
मोदीको त्यस्तो भनाईपछि पूर्वप्रधानमन्त्री सिंहले राजधानी नयाँदिल्लीमा आयोजित कार्यक्रममा बोल्दै युपिए सरकारका योजना नक्कल गरेको खुलासा गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी















प्रतिक्रिया