२९ आश्विन २०८३, बिहिबार

अमेरिकाको डीसी महानगर क्षेत्रमा दशैं–तिहार उत्सव हुँदै (तस्वीरहरूसहित)

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, २३ असार । अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनियाको मनासस क्षेत्रमा दशैं तिहार उत्सव (फेस्ट)२०२३ हुने भएको छ ।

गत वर्ष ऐतिहासिक रूपमा अपार सफलताको साथ सम्पन्न हुन् सकेको दशैं–तिहार उत्सव पुन यो वर्ष पनि आयोजना गरिने भएको हो ।

उक्त उत्सवका बजारव्यवस्था निर्देशक सुरेश सापकोटाद्वारा जारी गरिएको छापामा संक्षेपमा यस वर्ष डिटी फेस्ट २०२३ नाम दिइएको छ । यसलाई नेपाली संस्कृति, कला, संगीत र थपको उत्सव भनि संज्ञा दिइएको छ ।

हामी नेपाली संस्कृति, कला, संगीत, खाना र खानाको उत्सव डिटी फेस्ट २०२३ घोषणा गर्न पाउँदा उत्साहित भएका छौ भनि बिज्ञप्तिमा भनिएको छ ।

उत्सव अक्टोबर १४, २०२३ का दिन भर्जिनियाको प्रिन्स विलियम काउन्टीको फेयरग्राउन्ड नामक खुला घासे मैदानमा आयोजित हुनेछ। यो परिवार–मैत्री कार्यक्रम ३ई इन्टरटेनमेन्टद्वारा आयोजना गरिएको हो जसले विगत दुई दशकदेखि वाशिंगटन डीसी महानगर क्षेत्रमा नेपाली समुदायमा व्यावसायिक कार्यक्रमहरू सफलतापूर्वक काम गर्दै आएको छ ।

दुई दशकको अनुभव र स्रोतहरूका साथ कार्यक्रमलाई भव्य रूपमा सफल बनाउने योजनामा रहेको समेत बिज्ञप्तिमा जनाईएको छ ।

उत्सवमा विभिन्न गतिविधिहरूको साथ दिनभर दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिने छ । सहभागीहरूले रंगीन चङ्गा उत्सव, कला प्रदर्शनी, स्वादिष्ट खाना र पेय पदार्थ, प्रदर्शनमा राखिएका विक्रेताहरूसंगको किनमेल, प्रत्यक्ष संगीत प्रदर्शनहरू लगायतका थुप्रै कार्यक्रमहरू हुनेछन ।

डिटि फेस्ट २०२३, अक्टोबर १४,२०२३ का दिन १२ बजे बिहान राती १० बजे सम्म भर्जिनियाको प्रिन्स विलियम फेयरग्राउन्डमा हुने भएकोले सबैलाई उपस्थितिका लागि आह्वान साथै आयोजकले अनुरोध गरेका छन् ।

हेरौँ गत वर्षका केही तस्वीरहरू–