२९ आश्विन २०८३, बिहिबार

लडाकु शिविर घोटाला बाहिर आउने डरले माओवादी सत्ताबाहिर बस्न सक्दैन : मुकुल ढकाल

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, २३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले नेकपा (माओवादी केन्द्र) लडाकु शिविर घोटाला काण्ड बाहिर आउने डरले पनि सत्ताबाहिर बस्न नसक्ने बताएका छन् ।

पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा भैरहवा आएका ढकालले पत्रकारहरुसँग कुराकानी गर्दै माओवादीले २०६४ यता एक दिन पनि सरकार नछाडेको बताए । सत्ताबाहिर हुँदा शिविर घोटाला बाहिर आउने डर माओवादीका नेताहरुमा रहेका कारण अहिले पनि जसरी हुन्छ सत्तामा रहिरहने प्रपञ्च माओवादीले गरिरहेको उनको भनाइ छ ।

‘कहिले कोसँग, कहिले कुन दलसँग मिलेर माओवादी सरकारमा बसेकै छ । माओवादीले सरकार छाड्दैन,’ उनले भने । यदि माओवादीको वर्तमान सरकार ढलेर पुन: काँग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाए भने रास्वपा प्रमुख प्रतिपक्ष दलका रुपमा बाहिर बस्ने उनले स्पष्ट पारे ।

‘२०७९ को निर्वाचनको जनमत र जनादेश पनि यही हो । पुराना पार्टीहरुले सरकार चलाउने र रास्वपा प्रतिपक्षमा बस्नुपर्ने । तर, यी तीन दल मिल्न सकेनन्,’ उनले भने । महामन्त्री ढकालले काँग्रेस–एमालेलाई मिलेर सरकार बनाउन पनि सुझाएका छन् ।

उनले थपे, ‘काँग्रेस–एमाले मिल्दा पनि माओवादीसँग प्रतिपक्षमा बस्ने ल्याकत छैन । माओवादी सरकारमा टाँसिरहन्छ । उसले सरकार छोड्नेवाला छैन ।’