
काठमाडौं, २२ असार । नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको पनि संलग्नता पुष्टि भए कारबाही हुनुपर्ने बताएका छन् ।
आज शुक्रबार काठमाडौंमा दृश्यमा खप्तड विमोचन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै आलेले ठूला–ठूला भ्रष्टाचारको फाइल खोल्नुपर्ने भन्दै ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको संलग्नता पुष्टि भए कारबाही हुनुपर्ने बताएका हुन् ।
सो प्रकरणमा धेरै व्यक्तिहरुको नाम आएकाले निष्पक्ष छानविन गरी दोषी भए कारबाही गर्नुपर्ने उनको भनाइ छ । उनले सरकारले भ्रष्टाचार नियन्त्रणमा सरकारको कदम निकै राम्रो भए पनि जनतालाई दिने सेवामा ढिलासुस्ती भइरहेको बताएका छन् ।
उनले सरकारले कामकारबाहीमा सुधार नआए पार्टीले सोच्नुपर्ने बेला समेत आउन सक्ने बताए । पूर्वपर्यटनमन्त्री समेत रहेका आलेले राज्यको सम्पत्ति दोहन नहोस् भनेर आफूले पशुपति जग्गाको विषयमा आजाव उठाएको बताए ।














प्रतिक्रिया