
काठमाडौं, २२ असार । नेपाल क्रिकेट संघ (क्यान)ले श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स कप क्रिकेटका लागि १६ सदस्यीय टीमको घोषणा गरेको छ ।
इमर्जिङ टिम्स एशिया कप यही जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुँदैछ । उक्त प्रतियोगिताका लागि क्यानले रोहितकुमार पौडेल कप्तानीमा १६ सदस्यीय टीम घोषणा गरेको हो ।
टीममा कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, आरिफ शेख, देव खनाल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जीसी, ललित राजवंशी, किशोर महतो, देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोरा छन् ।
नयाँ टीमबाट करण केसी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र मल्ल आउट भएका छन् भने देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोराले स्थान बनाएका छन् ।
पुरानो टीमका सन्दीप र दीपेन्द्र ग्लोबल टी–२० खेल्न क्यानडा जाने भएकाले टीममा समावेश नगरिएको बताइएको छ ।
इमर्जिङ टिम्स एसिया कप पाँच टेष्ट राष्ट्रसँगै एसीसी प्रिमियर कपको शीर्ष तीन टोली नेपाल, यूएई र ओमानले खेल्नेछन् । नेपाल प्रिमियर कपको विजेता बनेको थियो ।













प्रतिक्रिया