३० आश्विन २०८३, शुक्रबार

कोशीका मुख्यमन्त्रीको नियुक्तिविरुद्ध एमाले र राप्रपा सर्वोच्च अदालत जाँदै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २२ असार । कोशी प्रदेशमा असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्ति गरेको भन्दै विरोध गरिरहेको नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अदालतको सहाला लिने भएका छन् ।

उनीहरू आजै सर्वोच्च अदालत जाने तयारीमा छन् । संविधानको धारा १६८ को २ अनुसार दलको समर्थनमा मुख्यमन्त्री हुने प्रावधान भए पनि सभामुखलाई प्रयोग गरेर मुख्यमन्त्री नियुक्ति गरिनु असंवैधानिक भएको भन्दै उनीहरू सर्वोच्च अदालत जाने भएका हुन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सभामुखबाहेक सत्तारुढ गठबन्धनमा ४६ जना मात्रै सांसद छन् ।

तर, सभामुख बाबुराम गौतमलाई छुट्टै हस्ताक्षर गर्न लगाएर मुख्यमन्त्रीमा दाबी पेश गरेपछि कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई प्रदेश प्रमुख …खापुङले हिजो बिहीबार साँझ मुख्यमन्त्री नियुक्त गरेका थिए ।

आज शुक्रबार बिहान उनले सपथग्रहण समेत गरिसकेका छन् ।