
काठमाडौं, २२ असार । नेकपा एमालेले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको पद तथा गोपनीयताको शपथ बहिष्कार गरेको छ ।
सभामुखको हस्ताक्षरसहित हिजो बिहीबार साँझ मुख्यमन्त्रीमा नियुक्त भएका थापाले आज प्रदेश प्रमुख पर्शराम खापुङसँग शपथ लिएका छन् ।
उक्त शपथ समारोहलाई एमालेले बहिष्कार गरेको हो । एमाले कोशी प्रदेशसभा सदस्य चिन्तन पाठकले गठबन्धनले संविधान मिचेर सरकार गठबन्धन गरेकाले शपथ ग्रहण बहिष्कार गरेको जानकारी दिए ।















प्रतिक्रिया