२९ आश्विन २०८३, बिहिबार

शेष घलेको सम्पत्ति बढ्यो, धनाढ्य व्यक्तिको सूचीमा ९९औं स्थानमा उक्लिए

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shesh_ghaleकाठमाडौ, १५ जेठ । गैरआवासीय नेपाली संघ एनआरएनका अध्यक्ष शेष घलेको सम्पत्ति दोब्बरले बढेको छ ।

अस्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने संस्था बिजनेस रिभ्यु विक्लीले सार्वजनिक गरेको सूचीमा दोब्बर सम्पत्तिसहित घले अष्ट्रेलियाको सर्वाधिक धनि ब्यक्तित्वको ९९औं स्थानमा पुगेका हुन् ।

यसअघि उनी अष्ट्रेलियाको सर्वाधिक धनि ब्यक्तित्वको सूचीमा १५०औं स्थानमा थिए । यस्तै, शेष घलेकी पत्नि जमुना घलेको पनि सम्पत्ति दोब्बरले बढेको छ । बिजनेस रिभ्युको सूची अनुसार जमुना १०० स्थानमा उक्लिएकी छिन् ।

यसअघि उनी १५१ औं स्थानमा थिईन् । बिजनेस रिभ्युका अनुसार शेष घले ५२ करोड ८० लाख डलर सम्पत्तिसहित ९९ औँ स्थानमा परेका हुन् । यस्तै, घलेकी पत्नी जमुना अष्ट्रेलियाली धनाढ्य महिलाहरुको सूचीमा आठौं स्थानमा छिन् ।