३ कार्तिक २०८३, मंगलबार

ललिता निवास प्रकरणः पाँच पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रकरणमा संलग्न तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । ललिता निवास जग्गा हिनामिना प्रकरणमा १७ पूर्व सहसचिवसहितका कर्मचारी जोडिएका छन् । उनीहरू विरुद्ध यसअघि पनि पक्राउ पुर्जी भएको प्रहरीले जनाएको छ ।

पक्राउ पूर्जी जारी भएका तत्कालिन सहसचिव मध्ये सुधीर शाह हिरासतमा छन् भने कलाधर देउजा अदालतको आदेशबाट छुटेका छन् ।  बाँकी आरोपितको खोजबिन र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।