३ कार्तिक २०८३, मंगलबार

फर्जी कागजात पेस गरेर नेपाली नागरिकता लिएको आरोपमा उपमेयर पक्राउ

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । फर्जी कागजात पेस गरेर नेपाली नागरिकता लिएको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीरा यादव पक्राउ परेकी छिन् ।

उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । फर्जी कागजात पेस गरेर नागरिकता लिएको भन्दै उपमेयर यादव र उनका श्रीमान महेन्द्र यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको हो । उनका श्रीमान भने फरार रहेका छन् ।

उपमेयर यादव दम्पती भारतीय नागरिक रहेको उजुरीमा दाबी गरिएको छ । दम्पतीविरूद्व डाकनेश्वरी नगरपालिकाकै कृष्णकुमार यादवले मुद्दा दर्ता गराएका हुन् ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।