
काठमाडौं, २० असार । नेपाली बजारमा आज बुधबार पनि सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा तोलामा २०० रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन तोलामा एक लाख १० हजार ५० रपैयाँमा कारोबार भइरहेको छ।
महासंघकाअनुसार आज चाँदीको मूल्य पनि पाँच रूपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया