३ कार्तिक २०८३, मंगलबार

प्रतिनिधि सभाको सर्वोच्चतालाई अपमानित गर्ने प्रचण्डको अभिव्यक्ति अक्षम्यः शंकर पोखरेल

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जननिर्वाचित प्रतिनिधि सभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमुल्यन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति अक्षम्य रहेको बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

“प्रचण्डजीको धुर्त्याईले नेपाली राजनीति विवादास्पद र अस्थिर बनेको कुरामा कुनै संदेह नै छैन् । उनी सत्ता र शक्तिका लागि जे पनि गर्न सक्दछन् भन्ने कुरामा पटक पटकका घटनाक्रमहरु साक्षी छन् । ‘प्रितम् सिंहले मलाई प्रम बनाउन दिल्ली समेत जानुभयो’ भन्ने उनको भनाई उपरोक्त श्रृंखलाकै हदैसम्मको नकचरोपनको परिणाम हो ।” महासचिव पाखरेलले भनेका छन्, “प्रधानमन्त्री को हुने भन्ने कुरामा वाह्यरुपमा जतिसुकै चलखेल भएपनि अन्तिममा टुंगो लगाउने निकाय प्रतिनिधि सभा नै हो । जननिर्वाचित प्रतिनिधि सभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमुल्यन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति अक्षम्य छ । यस विषययमा प्रतिनिधि सभाका माननीय सदस्यहरुको ध्यान गम्भीर रुपमा जानेनै छ ।”

प्रधानमन्त्री प्रचण्डले एक पुस्तक विमोचन कार्यक्रममा प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिपछि उनको चौतर्फी आलोचना भइरहेको छ । प्रचण्डको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा लेख्दै पूर्वउप्रधानमन्त्री कमल थापाले सिंङ्गो राजनीतिक क्षेत्र लज्जित भएको टिप्पणी गरेका छन् ।

ट्वीटरमा लेख्दै थापाले भनेका छन्ः

‘प्रितम सिंहबारे प्रचण्ड : मलाई प्रधानमन्त्री बनाउन धेरैचोटि दिल्ली जानुभयो’प्रम प्रचण्डको यस भनाईले सिंङ्गो राजनीतिक क्षेत्र लज्जित भएको छ। तर,दुःखको कुरा के हो भने, यो भनाई २०६३ पछिको धरातलीय यथार्थ हो । आत्मसमर्पणवादको ज्वलन्त उदाहरण हो ।